नवरात्रमा शक्तिपीठ खोल्न नदिन जिल्ला प्रशासनलाई गृहले पठायो परिपत्र

काठमाडौं । नवरात्रीमा कुनै पनी मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।
बिहीबार मन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र जारी गरी मन्त्रिपरिषद्ले मठमन्दिर खोल्ने विषयमा कुनै पनि निर्णय नगरेकोले दशैंमा शक्तिपीठमा नित्यपूजाका लागि बाहेक प्रवेश नदिन निर्देशन दिएको छ ।
कोरोना महामारीको बेला शक्तिपीठ खुला गर्दा कोरोनाको प्रसार झनै बढ्नेबारेमा स्वास्थ्य मन्त्रालयको समेत चासो रहेको र मन्त्रिपरिषद्ले समेत धार्मिक क्षेत्र खुला गर्ने निर्णय नगरेकोले सोही अनुसार परिपत्र गरिएको गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताएका छन ।