आजदेखी खाद्यले बजार भाउभन्दा १ सय रुपैयाँ सस्तोमा खसीबोका बेच्दै, च्याङ्ग्रा नवेच्ने « Arthapath.com
३ कार्तिक २०७७, सोमबार

आजदेखी खाद्यले बजार भाउभन्दा १ सय रुपैयाँ सस्तोमा खसीबोका बेच्दै, च्याङ्ग्रा नवेच्ने



काठमाडौं । दशैँ लाग्यो घरमा घोर्ले खसीको खोजिमा हुनुहुन्छ ? तपाँई फुलपाती, अष्टमीमा काटिने खसी बोकाको खोजिमा हुनुहुन्छ भने चिन्ता नलिनुहोस । अहिले बजारमा गतवर्षभन्दा सस्तो मुल्यमा खसिबोका पाँइदैछ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजार मूल्य भन्दा केजीमै ५० रुपैयाँदेखी १ सय रुपैयाँ सस्तोमा खसीबोका बेच्ने भएको छ । खाद्यले सोमबारदेखि थापाथली कार्यालयबाट खसीबोका सस्तो मुल्यमा विक्री गर्न थालेको छ ।

यस वर्ष काठमाडौंवासीले प्रतिकेजी ५ सय पचास रुपैयाँमा सिंगो खसी पाउने भएका छन । गत वर्ष ६ सयदेखी ६ सय ५० मा विक्री हुँदै आएको खसीबोकाको मुल्य यसवर्ष १ सय रुपैयाँले घटेको छ ।

कोरोनाको कारण अहिलेको दशै खासै उल्लासमय छैन । धेरैको व्यापार जागिर खोसिएकाले राम्रो खसी किनेर खाने संभावना न्यून छ । यस्तो अवस्थामा खाद्यले गतवर्षभन्दा १ सय प्रतिकेजी सस्तोमा खसिबोका वेच्न लागेको हो । खाद्यले यसवर्ष १ हजार खसीबोका वेच्ने लक्ष्य राखेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बर्षेनी भेडा, च्याङ्ग्रा समेत बेच्ने गरेको थियो । यसवर्ष दसैंमा भेडा, च्याङ्ग्रा नल्याउने निर्णय गरेको जनाएको छ । यो वर्ष चीनबाट भेडा(च्याङ्ग्रा नभित्रिएको र नेपालमा महंगो भएकाले खाद्यले नवेच्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्