दुई वटा सहकारीमा सदस्यता भए तीन लाख जरिवाना « Arthapath.com
५ कार्तिक २०७७, बुधबार

दुई वटा सहकारीमा सदस्यता भए तीन लाख जरिवाना



काठमाडौं । दुई वटा सहकारीमा सदस्यता भए तीन लाख जरिवाना हुने भएको छ ।सहकारी ऐनअनुसार एकै प्रकृतिको एकै स्थानीय निकायमा भएका सहकारीमा दोहोरो सदस्यता लिन पाइँदैन। सोही अनुसार सहकारी सदस्यले अबदेखि दोहोरो सदस्यता त्याग्नुपर्ने भएको छ ।
सहकारी ऐन २०७४ कात्तिक १ अनुसार ऐन लागु भएको तीन वर्षपछि दोहोरो सदस्यता अन्त्य भएको हो ।


सहकारी विभागका रजिस्ट्रार डा टोकराज पाण्डेले कात्तिक १ गतेदेखि दोहोरो सदस्यतासम्बन्धी व्यवस्था कार्यान्वयनमा आएको बताएका छन । पाण्डेले ‘हामीले अनुगमनका क्रममा दोहोरो सदस्यता भएको पाएमा तीन लाख रुपैयाँसम्म जरिवाना गर्नेछौं भनेका छन ।

यस्तो छ कानुनी व्यवस्था


सहकारी ऐन २०७४ को दफा ३४ ९१० अनुसार कुनै पनि सहकारी संस्थाको सदस्यले एकै प्रकृतिका र एउटै स्थानीय तहका दुई वा त्योभन्दा बढी सहकारी संस्थामा सदस्यता लिन पाइँदैन ।उदाहरणका लागि काठमाडौं महानगरपालिकाभित्र रहको व्यक्तिले दुई वा दुईभन्दा बढी बचत तथा ऋण सहकारीको सदस्यता लिन पाउँदैन ।


उसले एउटा बचत तथा ऋण, अर्को उपभोक्ता, अर्को कृषि सहकारी संस्थाको भने सदस्यता लिन पाउँछ ।


प्रतिक्रिया दिनुहोस्