उर्जामन्त्रीको प्राधिकरणलाई कडा एक्सन, दशैंमा कतै बत्ति ननिभोस « Arthapath.com
६ कार्तिक २०७७, बिहीबार

उर्जामन्त्रीको प्राधिकरणलाई कडा एक्सन, दशैंमा कतै बत्ति ननिभोस



काठमाडौं । उर्जामन्त्री वर्षमान पुनले दशैंमा बत्ति कतै नकाट्न नेपाल विद्युत प्राधिकरणलाई ठाडो आदेश दिएका छन ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले अहिले प्राधिकरणमा कार्यकारी निर्देशक नभएको अवस्थामा बत्ति झ्याप्प झुयाप गएर दुःख दिएमा राम्रो नहुने भन्दै प्राधिकरणका माथिल्लो तहलाई बोलएर कडा निर्देशन दिएका छन ।

नेपालीहरुको महान पर्व दशैंको समयमा देशैभर विद्युत सेवा चुस्त, भरपर्दो र प्रभावकारी बनाउन प्राधिकरणलाई निर्देशन दिएका हुन । चाडपर्वको समयमा अन्य समयको तुलनामा बढी विद्युत खपत हुन्छ । तर यसै समयमा विद्युत कटौती भएमा सरकार र मन्त्रालयको समेत अलोकप्रियता देखिने भन्दै मन्त्री पुनले एक्सन दिएका हुन ।

उर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालालगायतलाई मन्त्रालयमा बोलाई मन्त्री पुनले ठाडो आदेश दिएका हुन । ‘दसैंका बेला कहीं पनि विद्युत काटिने समस्या नआउन मन्त्री पुनले आदेश दिएका छन ।


प्रतिक्रिया दिनुहोस्