एक सातापछि खुलेको सुन प्रतितोलामा १ हजारले गिरावट, चाँदी ५० रुपैयाँले घट्यो

काठमाडौं । दशैं अघिदेखी बन्द भएको सुनको कारोवार आज कात्र्तिक १३ गते भने प्रतितोला १ हजारले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार आज छापावाला सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ । दशैं सकिनुअघि अहिल्लो शुक्रबारदेखी बन्द भएको सुनको कारोवार यो साताको बिहीबार खुलेको हो ।
कार्तिक ६ गते सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोवार भैरहेको थियो । उता चाँदीको मुल्यमा पनि गिरावट आएको छ । चाँदी बिहीबार तोलामै ५० रुपैयाँले घटेको छ ।
बिहीबार चाँदी प्रतितोला ११८० रुपैयाँमा कारोवार भएको थियो । यसअघि चाँदी प्रतितोला १२३० रुपैयाँमा कारोबार भएको थियो ।