एफएनसिसिआईको बरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको उम्मेदवारी, ९ पुर्व अध्यक्षहरुको आर्शिवाद « Arthapath.com
१७ कार्तिक २०७७, सोमबार

एफएनसिसिआईको बरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको उम्मेदवारी, ९ पुर्व अध्यक्षहरुको आर्शिवाद



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका लागी किशोर प्रधानले आफ्नो उम्मेदवारी दर्ता गराएका छन । कोरोनाको महामारीका विच हुन लागेको महासंघको निर्वाचनमा प्रधानले ९ जना पुर्व अध्यक्षहरुको टिका लगाएर आर्शिवाद लिएर मनोनयन दर्ता गराएका हुन ।
प्रधानको उम्मेदवारी सभामा बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पुर्व अध्यक्ष कुषकुमार जोशी साथै पुगेका थिए । प्रधानले आफ्नो टिमसहितको उम्मेदवारी घोषणा गरेका हुन ।

प्रधान समुहका उपाध्यक्षका उम्मेदवारहरु अन्जन श्रेष्ठ, दिनेश श्रेष्ठ, सौरभ ज्योति लगायत सहभागी भएका थिए । गत कात्तिक ५ गतेनै वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल नेतृत्वको समूहले उम्मेदवारी दर्ता गरिसकेको छ । ढकाल समूहबाट उमेशलाल श्रेष्ठ, गुणनीति तिवारी र रामचन्द्र सांघाई उपाध्यक्षमा चुनाव लड्दैछन ।

भिभान्त होटलमा कार्यक्रमसहित प्रधानले उम्मेदवारी दर्ता गराएका हुन । प्रधानले उम्मेदवारी दर्ता गराउनुअघि ७ जना पुर्व अध्यक्षहरुसंग भेटेर टिका लगाएर आएको उनि समुहका एक व्यावसायीले बताए ।

करिव ३ दशकदेखी व्यावसायमा लागेका प्रधानले आफु राम्रो कमाको लागी महासंघलाई बलियो बनाउन आएको बताए । प्रधानलाई भावी अध्यक्ष बन्न लागेका शेखर गोल्छाको भरपुरसाथ रहेको छ । उम्मेदवारी घोषणा सभामा बोल्दै बरिष्ठ उपाध्यक्ष गोल्छाले इतिहाँसमै संकटपुर्ण अवस्थामा नेतृत्व वगर्न लागेकाले राजनितीबाट टाढै राख्ने बताए ।


प्रतिक्रिया दिनुहोस्