अर्थमन्त्री पौडेल र भारतीय राजदुत क्वात्राबीच भेट, के के भयो कुराकानी ? « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

अर्थमन्त्री पौडेल र भारतीय राजदुत क्वात्राबीच भेट, के के भयो कुराकानी ?



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राबीच आज अर्थ मन्त्रालयमा भेट भयो ।

उक्त भेटमा अर्थमन्त्री पौडेलले नेपालको विकासका लागि भारत सरकारबाट निरन्तर प्राप्त सहयोगको लागि धन्यवाद दिए ।

अर्थमन्त्री पौडेल र राजदूत क्वात्राबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी, कोभिड–१९ को महामारी नियन्त्रण लगायतका विषयमा छलफल भयो ।

अर्थमन्त्रीले भूकम्प पश्चातको पुनर्निर्माणका लागि भारत सरकारले गरेको सहयोगको लागि धन्यवाद दिनुको साथै, कोभिड–१९ विरुद्ध नेपाल सरकारले चालेका कदमको जानकारी गराउँदै यस विरुद्ध सहकार्यको आवश्यकता रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्