भारतीय सेनाध्यक्ष नरवाणे काठमाडौंमा, शुक्रबार प्रधानमन्त्री ओलीसंग भेट हुने

काठमाडौं । भारतीय सेनाका प्रमुख सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाडौं आइपुग्नुभएको छ । उनि बुधबार विहान ११ बजे नै त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थाल ओर्लिएका हुन ।
भारतीय सोनाध्याक्ष मनोज मुकुन्द भारतीय वायु सेनाको विषेस विमानमार्फत केहीबेर अघि नेपाल आइपुगेका हुन । नरवाणेको भ्रमण टोली दुई वटा विमानमा काठमाडौं आएको छ । तिनदिने नेपाल भ्रमणमा आएका उनले महत्वपुर्ण राजनितीक भेटघाट गर्नेछन ।
नेपालको लिपुलेकलगायत भुभाग भारतले मिचेपछि हुन लागेको सेनाध्याक्षको भ्रमणलाई महत्वमा साथ हेरिएको छ । नरवाणेले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।