पार्टी विधान विपरित प्रचण्डले बोलाए सचिवालय बैठक, गुटको भेला भन्दै ओलीपक्ष नजाने « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

पार्टी विधान विपरित प्रचण्डले बोलाए सचिवालय बैठक, गुटको भेला भन्दै ओलीपक्ष नजाने



काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद झनै बढ्दो रुपमा गएको छ । हिजो बिहीबारको दुई अध्यक्ष्विचको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको काम र महाधिवेसन गर्न आवश्यक तयारीमा जुट्न प्रचण्डलाई निर्देशन दिएका थिए ।

आजै प्रचण्डले ५ जना सचिवालय सदस्यसहितको बैठक राखेका छन । बैठक पार्टि कार्यालय धुम्बाराहीमा राखिएको छ । आज शुक्रबार दिउसो ३ बजे बोलाइएको बैठकको लागी ओली पक्षका नेताहरुलाई आमन्त्रण गरिएको छैन ।

प्रधानमन्त्री तथा प्रथप अध्यक्ष ओलीलाई जनाकारीनै नदिई बैठक गरिनु पार्टी एकताको विधान विपरित हो । बैंठकबारे ओली पक्षका नेताहरुले संचारमाध्यामबाट जनाकारी पाएको बताएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले बोलाएको अनौपचारीक बैठकमा नजाने जनाउ दिएका छन । ओलीले सो भनेपनि गुटको भेला भनेका छन । भोलामा ओली पक्षका उपप्रधानमन्त्री इश्वर पोखरेल र महासचिव विष्णु पौडेलसमेत नजाने भएका छन ।

प्रचण्डले पुर्व सम्झौता विपरित कहिले प्रधानमन्त्री पद माग्ने त कहिले सरकारले यो गरेन त्यो गरेन भनेर विरोध गर्न थालेको भन्दै प्रधानमन्त्री रुष्ट बनेका छन । १ साताअघिको भेटमा प्रचण्डलाई ओलीले नसकिने भयो भन्दै आ–आफ्नो बाटो लाग्न आग्रह गरेका थिए ।

पार्टीको विधानमा पार्टी अध्यक्षको आग्रहमा महासचिवले बैठक बोलाउने व्यावस्था छ तर महासचिव पौडेललाई जानकारीनै नदिई बैंठक बोलाइएको भन्दै ओली पक्षले अवैधानिक बैठक बनेको छ ।


प्रतिक्रिया दिनुहोस्