म नै प्रथम अध्यक्ष हुँ, गुटको आग्रहमा बैठक राख्दिन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो शनिबार दुई संचारमाध्यामलाई दिनुभएको अन्र्तवार्ताले व्यापक चर्चा पाएको छ । सामाजीक सञ्जाल ओलीमय बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड समुहले शुक्रबार राखेको भेलालाई गुटगत भेला भनेपछि शनिबार पार्टी अध्यक्ष सहित ५ जना सचिवालय सदस्यसंगको भेटमा बैठक आवश्यकताको आधारमा बस्ने भन्दै गुटको भेलाले गरेको आग्रहको भरमा बैठक नराख्ने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डविचि बढेको विवादमा हिजोको प्रधानमन्त्रीको दुई अन्र्तवार्ताले आगोमाथी घ्यु थप्ने काम भएको छ । प्रधानमन्त्रीले आफु प्रथम अध्यक्ष रहेका भन्दै प्रचण्ड दोस्रो अध्यक्ष अर्थात उपाध्यक्ष जस्तै रहेको बताएका छन । प्रचण्ड वा सचिवालयका अन्य नेताले माग गर्दैमा बैठक नबस्ने ओलीले अडान राखेका छन ।
ओलीले प्रचण्डले गुट चलाएको भन्दै गुटवन्दी बन्द गरेर पार्टी काममा जुट्न आग्रह गरेका छन । नेकपा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रश्ताव ओलीपक्षका नेताहरुले दर्ता गरेपछि सुरु भएको ओली प्रचण्डविचको विवाद झनै चर्किएको छ ।
शनिबार एपीवान टेलिभिजन र अन्नपुर्ण पोष्टसंगको अन्र्तवार्तामा प्रधानमन्त्री ओलीले पार्टी बैठक कसैले माग गर्दैमा आफुले नबोलाउने औचित्यका आधारमा बैठक बोलाउने र पार्टीका सबै काम स्टमका आधारमा हुने बताए ।