अव सेयर बजारमा केवाईसि भरेको पनि पैसा लाग्ने « Arthapath.com
२४ कार्तिक २०७७, सोमबार

अव सेयर बजारमा केवाईसि भरेको पनि पैसा लाग्ने



काठमाडौं । अब पुँजी बजारमा प्रयोग हुने केवाईसी भरेबापत सर्वसाधारणले शुल्क तिर्नुपर्ने भएको छ । केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी)ले प्रयोगमा ल्याउन लागको सेन्टेलाइज केवाइसीे भरेबापत लगानीकर्ताले शुल्क तिर्नुपर्ने भएको हो ।

पछिल्लो समय नेपाल धितोपत्र बोर्डले सम्पूर्ण पुँजी बजारमा सेन्ट्रलाइज केवाईसी प्रयोगमा ल्याउन निर्देशन दिएको छ । साझा केवाइसीका रुपमा प्रयोग गर्ने सकिने सेन्ट्रलाइज केवाईसीसम्बन्धी निर्देशिका स्वीकृत गर्दै बोर्ड उक्त कामको जिम्मेवारीसहितको निर्देशन सीडीएसीलाई दिएको छ ।

बोर्डले स्वीकृत गरेको निर्देशिका बमाजिम कार्यान्वयनको तयारी यति बेला सीडीएसीले गरिरहेको जनाएको छ । उक्त केवाईसी प्रयोगमा ल्याउन यति बेला सीडीएसीले सफ्टवेयर निर्माणको काम गरिरहेको जनाएको छ । सफ्टवेयरमा लाग्ने खर्च र डाटा स्टोरेजमा पर्ने लोडको आधारमा सर्वसाधारण प्रति केवाईसी कति रुपैयाँ तर्नुपर्ने हो त्यो शुल्क तय हुने सीडीएसीका प्रमुख कार्यकारी अधिकत पुर्ण प्रसाद आचार्यले बताए ।

उनका अनसार यति बेला करिब २२ लाख लगानीकर्ताले हितग्राही (डिम्याट) खाता खोलेका छन् । पारम्भिक चरणमा सफ्टवेयर निमार्ण गर्दा २२ लाख मानिसलाई लक्षित गरेर बनाउने तयारी गरिएको छ । बढ्दै जाने सर्वसाधारणलाई हेरेर क्षमता बिस्तार गर्दै लैजाने योजनामा काम गरिरहेको आचार्यको भनाइ छ ।

अहिलकै क्षमताकाकै आधारमा पनि सफ्टवेयर निमार्ण अलि खर्च दखिएको छ । जसको लागत धान्न पनि सर्वसाधारणसँग शुल्क उठाउनु पर्ने बाध्यता रहको आचार्यको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्