बामदेवलाई रोक्ने ओलीको रणनिती फेल, सर्वोच्चले आन्तरिम आदेश दिएन « Arthapath.com
२६ कार्तिक २०७७, बुधबार

बामदेवलाई रोक्ने ओलीको रणनिती फेल, सर्वोच्चले आन्तरिम आदेश दिएन



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बन्न नदिन गरेको रणनिती फेल खाएको छ । पार्टी निर्णय अनुसार राष्ट्रियसभा सदस्यमा सिफारिस गरेका गौतम अर्थमन्त्री बन्ने रणनितीमा लागेका थिए ।

सर्वोच अदालतले बामदेवमाथीको मुद्धाको सुनुवाइ गर्दै राष्ट्रियसभा सदस्यको रुपमा काम गर्न र मन्त्री बन्न पाउने भएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई रोक्न अनेक प्रपन्च गरेका थिए । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको गठिन संवैधानिक इजलासले गौतमलाई राष्ट्रियसभा सदस्यरुपमा काम गर्न दिन जारी गरेको आन्तरिम आदेश खारेज गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई भदौ २९ गते राष्ट्रियसभा सदस्य मनोनीत गरेकी थिइन । राष्ट्रियसभा सदस्यको रुपमा काम गर्न रोक्न आग्रह गर्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले छुट्टाछुट्टै रिट दायर गरेका थिए । गौतमको मुद्धामा प्रधानमन्त्रीकै आदेशमा म्याद सारेर मन्त्रीपरिषद विस्तार गरिएको थियो ।

ठुलो मुद्धा भएकाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडासहितको पूर्ण इजलासले गौतमको मुद्धामा फैसल्ला गरेको हो ।


प्रतिक्रिया दिनुहोस्