गोल्छा र मुरारकासंगै प्रचारमा उम्मेदवार प्रधान, सुदूरपश्चिमका ९ वटै जिल्लाको भोट किशोरको पोल्टामा

काठमाडौं । नेपाल उद्योग वाणिजय महासंघको निर्वाचन मिति नजिकिँदै जाँदा दुबैपक्षले आ–आफ्नो प्रचारलाई तिव्रता दिएका छन । आगामी मंसिर दोस्रो साता हुने निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले देशव्यापी भ्रमणलाई तिब्र पारेका छन् ।
महासंघका भावी अध्यक्ष शेखर गोल्छा, पुर्व अध्यक्षहरु पशुपति मुरारका, जिल्ला नगर तर्फका उपाध्यक्षका प्रत्यासी दिनेश श्रेष्ठ लगायतसँग प्रधानले बिहीबार सुदुरपश्चिम प्रदेशको जिल्ला नगर संघका मतदातासँग भेटघाट गरेका छन् ।
आफ्ना उम्मेदवार तथा पुर्व अध्यक्षहरु सहित सुदुरपश्चिम पुगेका किशोर प्रधानलाई सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्ला संघले सर्वसम्वत् विजयी गराउने प्रतिबद्धता जनाएका छन । महासंघमा किशोर प्रधान र दिनेश श्रेष्ठको धेरै लामो अनुभव भएकाले जिल्ला नगरको भावना बुझ्न सक्ने क्षमता भएका व्यक्तिलाई सर्वसम्वत् निर्वाचित गरिनु पर्ने सुदुर पश्चिमका जिल्ला नगरका प्रतिनिधिहरुले बताएका छन् ।

महेन्द्रनगरमा भएको मतदातासँगको भेटघाट कार्यक्रममा उपस्थित जिल्ला नगर उद्योग वाणिज्य संघका प्रतिनिधिले किशोर प्रधानलाई एकजुट भएरै निर्वाचित गराउने प्रतिबधता जनाएका हुन् ।
भावी अध्यक्षले समर्थन गरेको समुहलाई मत दिएको खण्डमा महासंघको नयाँ कार्यसमिति बलियो हुने जिल्ला नगरका अध्यक्षहरुको भनाई छ । भावी अध्यक्षले समर्थन नगरेको समुह महासंघमा आउँदा कार्यसमिति कमजोर हुने भन्दै उनीहरुले प्रधानको समुहलाई मात्र नभई गोल्छालाई सघाउने प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नर बहादुर चन्द, बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष देव बहादुर रोकाया, डडेलधुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्, दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगल सिंह थगुना, बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेली, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प बहादुर कुवँर र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्ग बहादुर मल्लको सहभागिता रहेको थियो ।
डोटी र अछाम उद्योग वाणिज्य संघका अध्यक्ष भने कोभिड संक्रमणका कारण कार्यक्रममा उपस्थित हुन सकेनन् । उनीहरुले भर्चुअल माध्यमबाट किशोर प्रधानलाई एक ढिक्का भएर समर्थन गर्ने प्रतिबधता जनाएका छन । कार्यक्रममा महासंघका भावी अध्यक्ष शेखर गोल्छाले आफ्नो कार्यकालमा धेरै काम गर्ने योजना बनाएको र त्यसका लागि प्रधानको समुह आवश्यक रहेको बताएका थिए । गोल्छाले आफुलाई अनुभवी मान्छेसँग काम गर्ने चाहना भएकाले प्रधानको समुहलाई नेतृत्वमा ल्याउने वाताबरण बनाइदिन मतदातासँग आग्रह गरेका थिए ।
प्रधानले जनकपुरबाट सुरु गरेको मतदाता भेटघाट कार्यक्रम मध्य नेपाल हुँदै सुदुर पश्चिम पुगेको हो । जिल्ला नगरका प्रतिनिधिहरुसँगको भेटघाट अभियान अझै जारी रहेको प्रधानले जानकारी दिए ।