नेकपा स्थायी कमिटि बैठक आज १ बजे बस्दै, ओलीको कुर्सी जोगाउन फेरी बन्ला त कार्यदल ? « Arthapath.com
२१ मंसिर २०७७, आईतवार

नेकपा स्थायी कमिटि बैठक आज १ बजे बस्दै, ओलीको कुर्सी जोगाउन फेरी बन्ला त कार्यदल ?



काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ठ पार्टी (नेकपा)को स्थायी समिति बैठक आज आइबतार दिउसो १ बजे बस्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले आइतबारलाई स्थायी समिति बैठक बोलाउने सहमती भएको थियो ।

आज बस्ने स्थायी समितिमा दुबै अध्यक्षले आफ्नो प्रतिवेदन स्थायी समितिमा छलफलका लागी प्रश्तुत हुने भएको छ । आइतबार दिउँसो १ बजे पार्टी स्थायी समितिको बैठक बस्ने तयारी भएको स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले बताए ।

आज बस्ने स्थायी समितिका पार्टी भित्र देखिएको विवाद समाधानको लागी कार्यदन बन्ने संभावना छ । दुई अध्यक्षविच आरोप प्रत्यरोप मथ्थर पार्न फेरी कार्यदल गठन हुने संभावना रहेको छ । गत भदौमा बनेको कार्यदलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको कुर्सी जोगाएको थियो ।

शनिबारको सचिवालय बैठकमा ओलीले कार्यदन बनाउन र त्यसको संयोजक बस्न पार्टी उपाध्यक्ष बामदेव गौतमलाई आग्रह गरेका थिए । कार्यदनको पक्षमा बोलेका गृहमन्त्री रामबहादुर थापा र उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेलले कार्यदन बनाएर जाने प्रश्तावको पक्षमा समर्थन जनाएका थिए । उता उपाध्यक्ष गौतमले भने कार्यदनमा बस्न अस्वीकार गरेका छन ।

पार्टीमा विवाद चर्कदै जाँदा ओली भने बैठकमा सामेल नहुने जस्ता हल्ला चलाइएका छन । विगतको बैठकमा सहभागी भएका ओली आज पनि सहभागी हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्