बागमती प्रदेशका ५ अस्पताल प्रदेश माताहत, यस्तो छ मन्त्रीपरिषद बैठकको निर्णयहरु « Arthapath.com
२४ मंसिर २०७७, बुधबार

बागमती प्रदेशका ५ अस्पताल प्रदेश माताहत, यस्तो छ मन्त्रीपरिषद बैठकको निर्णयहरु



काठमाडौं । सरकारले बागमती प्रदेश मातहतका ५ अस्पताललाई प्रदेश मातहत रहेनेगरी हस्तान्तरण गरेको छ । मंसिर १८ गते बसेको मन्त्रीपरिषद बैठकले ५ अस्पताललाई प्रदेश माताहत व्यवस्थापन रहनेगरी हस्तान्तरण गरेको छ । त्यसैगरी सरकारले ३ सचिवको सरुवा पनि गरेको छ ।

सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा भापाका विष्णुदक्त पौडेललाई नियुक्त गरेको छ । त्यसैगरी सरकारले बागमती प्रदेशका ५ वटा स्वास्थ्य संस्थालाई प्रदेश सरकार मातहत रहनेगरी तोकेको छ । मंसिर १८ गते बसेको मन्त्रिपरिषद बैठकले दोलखाको चरिकोट अस्पताल, काभ्रेको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, चितवनको बकुलहर रत्ननगर अस्पताल र काठमाडौंको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहत रहनेगरी तोकेको छ ।


प्रतिक्रिया दिनुहोस्