शनिबार एकाएक बढ्यो ओलीको सक्रियाता, लचक भएर प्रचण्ड भेट्न खुमलटारमा « Arthapath.com
४ पुष २०७७, शनिबार

शनिबार एकाएक बढ्यो ओलीको सक्रियाता, लचक भएर प्रचण्ड भेट्न खुमलटारमा



काठमाडौं । पार्टीभित्रको विवादमा टसमस भएर बसेका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार एकाएक चलक भएका छन । शनिबार दिउसो प्रचण्डलाई भेट्न ओली उनकै निवास खुमलटार पुग्नुले ओली निकै लचक भएको मानिन्छ ।

शनिबार नेपाका अध्यक्ष प्रचण्डलाई भेट्न ओली प्रचण्डनिवास खुमलटबार पुगेका छन । पार्टीको बैठक टार्दै बार्तासमेत नगरी बसेका प्रधानमन्त्री ओली एकाएक लचक भएर पार्टीनेताहरुसंग बार्ता गर्न अग्रसर हुनुले नेकपाको विाद मिल्न लागेको संकेत देखिएको छ ।

प्रधानमन्त्री ओली र प्रचण्डविच दुई महिनादेखी चलेको वाकयुद्ध अहिलेसम्म सल्टिएको छैन । बालुवाटारमासमेत प्रचण्डसंग भेटवार्ता नगरी बसेका ओली शनिबार एकाएक खुमलटार मात्रै पुगेनन मन्त्री क्वाटर पुल्चोक पुगेर गृहमन्त्री एवम् सचिवालय सदस्य रामबहादुर थापा बादललाई भेट्न पुगे ।

पार्टीमा आफुलाई साथ दिँदै आएका गृहमन्त्री बादलसंग ओली खुलेर कुरा गरेका छन । ओली पहिलोपल्ट आफुलाई भेट्न मन्त्रीनिवास पुगेपछि वादल दंग छन । उता प्रचण्डसमेत ओलीले लचकता देखाएको भान गर्न थालेका छन । प्रचण्ड निवास खुमलटार पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले स्थायी समितिमा पेश गरेको आरोपपत्र फिर्ता लिन आग्रह गरेका छन ।

नेकपाको आगामी स्थायी समिति बैठक आइतबार बन्सन लागेको छ । ओलीले बैठक अघिनै सहमती खोज्न नेताहरुसंग भेटघाटलाई तिबैता दिएका हुन । ओलीले आफुमाथी लगाइएको आरोपपत्र फिर्ता नलिए बैठकनै नहुने अडान दोहोर्याएका थिए । आफुमाथीको आरोप पत्रबारे छलफल हुने बैठकमा सामेल नहुने भन्दै ओली पछिल्ला स्थायी समिति बैठकहरुमा सामेल भएका छैनन् ।

उता प्रचण्डले भने प्रश्ताप फिर्ता नहुने छलफलबाटै टुङ्गीने जनाएका छन । ओली खुमलटार पुग्दा नेकपाका उपाध्यक्ष बामदेव गौतम बरिष्ठ नेता माधव नेपालसमेत पुगिसकेका थिए ।


प्रतिक्रिया दिनुहोस्