संसद विघटनको सिफारिस बोकेर प्रधानमन्त्री शितल निवासमा, ओलीलाई कारवाही गर्ने नेकपाको तयारी

काठमाडौं । संसद विघटन गरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका आर्का अध्यक्ष प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले कार्यवाही गर्ने भएका छन । बहुमतको आधारमा ओलीलाई कारवाही गर्ने तयारी भएको हो ।
मन्त्रीपरिषद बैठकले संसद विघटको प्रश्ताव गरेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शितल निवास पुगेका छन । नेकपाको विवाद चर्कदै जाँदा ओलीले संसद विघटन गरेका हुन । गत भदौदेखी आफुलाई काम गर्न नदिएको भन्दै पार्टीमा विवाद बढेपछी प्रधानमन्त्री संसदनै विघटन गरेका हुन ।
आफुमाथी अविश्वासको प्रश्ताप र राष्ट्रपतिमाथी महाअभिओगको तयारी भएको सूचना पाएपछि प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेका हुन । ओलीले संसद विघटनको प्रश्ताव गरेको भन्दै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनालसहितका बहुमत सचिवालय सदस्यहरुले स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारी गरेका हुन ।
अव नेकपा फुटेको घोषणा मात्र हुनु बाँकी छ । यदी ओलीमाथी कार्यवाही भएमा पार्टी फुटेको मानिनेछ । आइतबारको लागी नेपपाको स्थायी समिति बैंठक बस्दै थियो । त्यसअघिनै सहमतीको लागी प्रधानमन्त्री लचक भएर प्रचण्ड निवास पुगेर छलफल गरेका थिए ।