चुनावी सरकारको गृहमन्त्री गौतम बन्ने, पुर्व माओवादीका ५ मन्त्रीले सामुहिक राजिनामा दिने तयारी « Arthapath.com
५ पुष २०७७, आईतवार

चुनावी सरकारको गृहमन्त्री गौतम बन्ने, पुर्व माओवादीका ५ मन्त्रीले सामुहिक राजिनामा दिने तयारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको कदम चालेपछि पुर्व माओवादीबाट सरकारमा गएका ५ जना मन्त्रीहरुले सामुहिक राजिनामाको तयारी गरेका छन ।

प्रधानमन्त्रीले एकलौटी तरिकाले संसद विघटनको प्रश्ताव गरेपछि प्रचण्डको निर्देशनमा ५ मन्त्रीले राजिनामा गर्न लागेका हुन । पुर्व माओवादीबाट सरकारमा ६ जना मन्त्री रहेका छन । प्रधानमन्त्री निकट उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले भने राजिनामा नदिने जनाएका छन ।

पुर्व माओवादीबाट सरकारमा सामेल उद्योगमन्त्री भट्ट बाहेक उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव राजीनामा दिने तयारीमा रहेका छन ।

नेकपाको विवाद चरम चुलिमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई चुनावी सरकारको उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी दिने तयारी भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई उपप्रधानमन्त्री सहित गृहमन्त्री बनाउने बताएका छन ।
नेकपाले आफुमाथी कारवाही गर्ने बताइरहेको बेला प्रधानमन्त्रीले गौतमलाई गृहमन्त्रीको अफर गरेका हुन । आगमी बैसाख १७ र २७ गते तय गरिएको मध्यावधी निर्वाचन गर्ने सरकारको तयारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्