बालुवाटारमा ओलीको सांसदहरुलाई प्रशिक्षण, म पार्टी विभाजनमा हात हाल्दिन, कसैले चलाए हात भाच्दिन्छु « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

बालुवाटारमा ओलीको सांसदहरुलाई प्रशिक्षण, म पार्टी विभाजनमा हात हाल्दिन, कसैले चलाए हात भाच्दिन्छु



काठमाडौं । आइबतार संसद विघटन गरेका प्रधानमनत्री तथा ननेकपाका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान परिस्थीति बाध्यात्मक अवस्थामा चालिएको बताएका छन । आफुमाथी घेराबन्दी गरेर काम गर्न नदिएकाले बाध्य भएर संसद विघटन गर्नुपरेको ओलीले बताएका छन ।

आफुपक्षिय निवर्तमान भैसकेका सांसदहरुलाई बालुवाटार बोलाएर ओलीले आफुलेनै प्रचण्डलाई स्पेश दिएको स्पेश दिँदा उल्टै बहुमत र अल्पमतको खेलमा लागेर पेल्ने काम भएको बताएका छन । उनले प्रचण्ड उपाध्यक्ष हो तर रिसाउलान भनेर अध्यक्ष दिएको तर आफुमाथी उल्टै खेद्ने काम भएको बताए ।

ओलीले मध्यावधी निर्वाचन घोषणा आफ्नो अन्तिम विकल्प भएको पनि सांसादहरुलाई बताएका छन । ताजा जनादेशमा जाने अवस्था बहुमत देखाएर प्रचण्ड–माधव नेपाल समुह लागेकाले संसद विघटन गर्नुपरेको बताए ।

ओलीले सांसदहरुलाई निर्वाचनमा लाग्न निर्देशन दिएका छन । अव चुनावको तयारीको लागी गाउँ जानोस भन्दै उनले पार्टी नफुट्ने जिकिर पनि गरे । म पार्टी फुटाउँदिन तर कसैले फुटाउन हात हाल्यो भने हातै भाच्दिने पनि बताए ।


प्रतिक्रिया दिनुहोस्