अन्ततः ३३% घट्यो ब्रोकर कमिसन, आइतबारेदखि नै लागु हुने

काठमाडौं । चौतर्फी दवावपछि नेपाल धितोपत्र बोर्डले ब्रोकर कसिमन घटाएको छ । घटाएको ब्रोकर कसिमन आईतबारदेखि लागु हुने छ । लगानीकर्ता संघहरुले १ महिना अघिदेखी ब्रोकर कमिसन घटाउन विभिन्न माग राख्दै धितोपत्र बोर्डलाई ध्यानाकार्षण गराउँदै आएका थिए ।
सरकारले समेत सेयर बजारमा दैनिक ५/६ अर्वको कारोवार हुन थालेपछि ब्रोकर कमिसन घटाउन दवाव दिँदै आएको थियो । अर्थमन्त्री विष्णु पौडेलले ३ साताअघि ब्रोकर कमिसन घटाउन दवाव दिएका थिए ।
बोर्डले ब्रोकर कमिसन ३३ प्रतिशतले घटाएको जनाएको छ । हाल ब्रोकर कमिसनको रुपमा न्यूनतम ०.४० प्रतिशतदेखि ०.६० प्रतिशतसम्म ब्रोकरहरुले लिँदै आएका छन । ब्रोकर कमिसन ३३ प्रतिसत घट्दा ०.२६८ प्रतिसतदेखी ०.४०२ प्रतिसत हुनेछ ।
नयाँ कमिसन दर अनुसार संगठित संस्थाको शेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजार भन्दा माथि ५ लाख सम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख भन्दा माथि २० लाख रुपैयाँ सम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत कमिसन लाग्नेछ ।


यस रेटमा कारोवार गर्न नसकिने ब्रोकर एसोसिएसनका पुर्व अध्यक्ष भरत रानाभाटले बताए । उनले अहिले कष्ट बढेको छ स्टाफर घर भाडा पनि बढेकाले घटाइएको ब्रोकर कमिसनमा कारोवार गर्न नसकिने बताए । सरकारले सेर कारोवारमा लगाउँदै आएको कर २५ प्रतिसतबाट बढाएर ३० प्रतिसत पुर्याएको छ । सेयर कारोबार गर्दा हाल ५० हजारसम्म ०.६० प्रतिशत, ५० हजारभन्दा माथि ५ लाखसम्म ०.५५ प्रतिशत र ५ लाखदेखि २० लाखसम्म कारोबारमा ०.५० प्रतिशतसम्म लगानीकर्ताले कमिसन तिर्नुपर्दछ ।

