३ दशकपछि बजारमा आइसवर्ग बियर, लिक्वेर्समा लगानी थप्दै सिजि होल्डिङ्स « Arthapath.com
१९ फाल्गुन २०७७, बुधबार

३ दशकपछि बजारमा आइसवर्ग बियर, लिक्वेर्समा लगानी थप्दै सिजि होल्डिङ्स



काठमाडौं । ३ दशकपछि नेपाली बजारमा आइवर्ग नामक बियर आएको छ । नेपालको पूरानो बिअर प्रतिष्ठित व्यापारीक घराना चौधरी ग्रुपको लगानीमा बजारमा विक्री सुरु भैसकेको छ ।

आइसबर्ग बिअर अहिले बजारमा फैलिसकेको छ । ३० वर्षअघि नेपाली बजारमा निक्कै लोकोप्रिय रहेको आइसबर्ग बियर फेरी बजारमा आएको छ । ३ दशकअघि हिमालयन ब्रुअरीले उत्पादन गरेको सो बियर अहिले सिजी होल्डिङ्सले उत्पादन गरिरहेको छ ।

हिमालयन ब्रुअरी सिजी होल्डिङ्सले किनेसँगै बियर पनि उत्पादन सुरु भएको हो । पुरानो ब्राण्डलाई नयाँ स्वादले अझै उचाइ थप्ने उदेश्यका साथ चौधरी ग्रुप लागिपरेको छ । विनोद चौधरीका भाई अरुण चौधरी अध्यक्ष रहेको सिजी होल्डिङ्सले बिअर उत्पादन थालेको हो ।

उच्च गुणस्तरीय स्प्रिङ वाटरको प्रयोगगरी उत्पादन सुरु गरिएको हो । ७ प्रतिसत अल्कोहलको मात्रा रहेको आइसबर्ग युवाहरुलाई लक्षित गरेर ल्याएको कम्पनीको दावी छ । ६५० एमएलको बोतलको ल्याइएको आइबर्गको खुद्रा मुल्य २८५ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्