बियरका पारखीहरुलाई खुसीको खवर, ४ अर्व लगानीमा चैत्र महिनाभित्रै आउनेभयो ‘मार्सी बियर’ « Arthapath.com
१० चैत्र २०७७, मंगलवार

बियरका पारखीहरुलाई खुसीको खवर, ४ अर्व लगानीमा चैत्र महिनाभित्रै आउनेभयो ‘मार्सी बियर’



उषा रेग्मी

काठमाडौं । टाइगर ब्रुअरीले मार्सी नामको बियर उत्पादन गर्ने भएको छ । सो बियरले उत्पादनको लागी आन्तरिक राजस्व विभागबाट उत्पादन अनुमती पाएको छ । नयाँ बवर्षसंगै नेपालीहरुले नयाँ बियरको स्वाद लिन पाउने भएका छन ।

नेपालकै जुम्ला जिल्लामा उत्पादन हुने मार्सी चामलबाट उत्पादन हुने मार्सी बियर छिट्टै नेपाली बजारमा आउने भएको छ । मार्सी चामलको फ्लेवरसहित मार्सी चामलकै कलरमा सो बिअर आउन लागेको टाइगर ब्रुअरीका सीईओ नविन पौडेलले बताए ।

नेपालमा ७ वर्ष अघि खुलेको टाइगर ब्रुअरीले टेन्सवर्ग, टाइगर, लण्डन आईस, अन्नपुर्ण र रक स्टार बियर उत्पादन गरिरहेको छ । टाइगर ब्रुअरी मार्सी नामले प्रख्यात बनेका दुर्गा प्रसाँईले किनेका हुन । ५ महिनाअघि थप लगानी सहित करिव ४ अर्वमा प्रसाँईले टाइगर ब्रुअरी संचालनमा ल्याउन लागेका हुन ।

टाइगर ब्रुअरीले टेन्सवर्ग, टाइगर, लण्डन आईस, अन्नपुर्ण र रक स्टार बियर उत्पादनलाई निरन्तरता दिँदै थप मार्सी प्रिमियम ६५० एमएल, मार्सी स्ट्रङ ६५० एमएल, मार्सी झ्याप ३३० एमएलको बियर बजारमा आउन लागेको छ । फर्साटिकर बुटवल रुपन्देहीमा फ्याक्ट्री स्थापना भैसकेको छ । ‘बजारमा लोकल र मेर्टियलमा वल्र्ड क्लास बियर उत्पादनको अन्तिम तयारीमा जुटेका छौं’ व्यवसायी दुर्गा प्रसाँईले भने ।

कम्पनीले मासिक ७ लाख केस बियर उत्पानदको तयारी गरेको छ । मार्सी बियर बजारमा नआउँदै हामीलाई देशभरीबाट मात्रै होइन विदेशबाट पनि चासो आएको छ । हामी उत्पादिन वियर विदेश एक्पोर्ट गर्ने तयारीमा छौं । मार्सी यिर उत्पादनको तयारी भएपछि टाइगर ब्रुअरीले नविन पौडेललाई सीईओ बनाएर भित्र्याइसकेको छ । पौडेल टुवर्ग र नेपाल आइस बिअरमा काम गरिसकेका व्यक्ति हुन ।

सिजी ग्रुपले स्थापना गरेको सिजी ब्रुअरीमा ३ वर्ष अनुभव सम्हालेका पौडेलसामु चर्चित मार्सी बियरलाई चिनाउने अवसर र चुनौती दुबै थपिएको छ । ‘हामीलाई बजारमा बाट कहिले मार्सी बियर उत्पादन हुन्छ भनेर देशव्यापी चासोपुर्वक लिएको पाएका छौं । नेपालमा बियरको मार्केट अझै राम्रो छ’ सीईओ पौडेलले भने ।


प्रतिक्रिया दिनुहोस्