२ हजार बढ्यो कर्मचारी तलव, आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन विदा, यी हुन लोकोप्रिय कार्यक्रम
काठमाडौं । सरकारले थुप्रै लोकोप्रिय कार्यक्रम समेटेर बजेट प्रश्तुत गरेको छ । सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमार्फत धेरै लोकोप्रिय र चुनावी योजना समेटिएका छन ।
अर्थमन्त्री विष्णु पौडेलले आज प्रश्तुत गरेको बजेटमा जेष्ठ नागरिकको भत्तामा ३३ प्रतिसत बृद्धि गरी ४ हजार पुर्याइएको छ । यसअघि ३ हजार पाउँदै आएका जेष्ठ नागरिकले अव ४ हजार पाउने भएका छन । सोको लागी अर्थमन्त्रीले १ खर्व बजेट विनियोजन गरेका छन ।
त्यसैगरी कोरोनाले थला परेको पर्यटन क्षेत्र उकास्नको लागी सरकार आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने निर्णय गरेको छ ।
सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने, ब्याजदर ५ प्रतिशत दिने बजेटमार्फत जनाएको छ ।
लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिन बजेट विनियोजन । तरकारी, दूध र माछा–मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने भएका छन ।
सरकारले विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा र सिम कार्ड निःशुल्क दिने घोषणा गरेको छ ।
निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।
नेपालमै रासायनिक मल उत्पादन गर्न ३ वर्षभित्र रासायनिक मल कारखाना स्थापना गर्ने सरकारले घोषणा गरेको छ । त्यसैगरी सरकारले सरकारी कर्मचारिको तलव २ हजार बढाएको छ ।
उता निषेधाज्ञामा खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट दिने लोकोप्रिय कार्यक्रम ल्याएको छ ।















