बजेटले कति काराेवार गर्नेलाई कति आयकर छुट दियो ?

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/०७९ वार्षिक बजेटमार्फत विभिन्न आयकर छुटको व्यवस्था गरेको छ । सरकारले साना तथा मझौला उद्योगीको लागी विभिन्न आयकारमा लगाउदै आएको करमा छुट दिने जनाएको छ ।
अर्थमन्त्री विष्ष्णु पौडेलले प्रश्तुत गर्नुभएको आर्थिक वर्ष २०७८/०७९ को बजेटले व्यक्तिगत करदाताले वार्षिक २० लाखसम्म कारोबार भएका ९० प्रतिशत आयकर छुट पाउने भएका छन ।
यस्तै, वार्षिक २० देखि ५० लाखसम्म कारोबार गर्ने करदाताले ७५ प्रतिशत तथा ५० देखि १ करोडसम्म कारोबार गर्नेले ५० प्रतिशत आयकर छुट पाउने भएका छन् ।
त्यसैगरी कोरोनाले प्रभावित बनेका होटल, यातायात, हवाइ चलचित्र, ट्राभल, टेकिङ र सञ्चारगृहको करयोग्य आयमा १ प्रतिशत मात्रै आयकर लिने जनाएको छ ।
त्यसैगरी कम्पनी एन अनुसार कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएका विभिन्न उद्यदोगहरुले आव ०७५/७६ सम्मको वार्षिक विवरण नबुझाए पनि जरिवाना नलाग्ने भएको छ । त्यस्ता कम्पनीले ०७८ असोज मसान्तभित्र विवरण बुझाएमा वा नवीकरण शुल्क र जरिवानाको १० प्रतिशत बुझाएमा बाँकी शुल्क तथा जरिवाना छुट दिइने जनाएको छ ।