मोबाइल सेटको आईएमइआई दर्ता गर्न नेपाल दूरसञ्चार प्रधिकरणको आग्रह « Arthapath.com
२४ असार २०७८, बिहीबार

मोबाइल सेटको आईएमइआई दर्ता गर्न नेपाल दूरसञ्चार प्रधिकरणको आग्रह



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको आईएमइआई दर्ता गर्न आग्रह गरेको छ । प्राधिकरणले एक सुचना जारी गदै मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई थप व्यवस्थीत गर्ने प्रयोजनाका लागि आईएमइआई दर्ता गर्न अनुरोध गरेको हो ।

उक्त सुचना मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई थप व्यवस्थीत गर्ने प्रयोजनाका लागि नेपालमा मोबाईल सेटको आयातु पूर्व अनिवार्य रुपमा प्राधिकरणबाट स्तर स्वीकृत गर्नुपर्ने तथा आईएमइआई नम्बर दर्ता गर्नुपर्ने प्रावधान भएको एवम नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु गर्ने गरी कार्य तिब्रताका साथ अघि बढेको सन्दर्भमा देहाय बमोजीम स्पष्ट गरीएको उल्लेख गरिएको छ ।

त्यसैगरी व्यवसायिक हिसाबले नियमअनुसार आयात भएर नेपालमा नै खरिद गरेको माबाइल सेटको हाल पुन आईएमइआई दर्ता नपर्ने प्राधिकरणले जारी गरेको सुचनामा उल्लेख छ । भने व्यक्तिगत तवरले विदेशबाट आयात भएर प्रयोग भइरहेको सेटमा ग्राहकको दुरसञ्चार सेवा अवरुद्ध नहुनेगरी व्यवस्था मिलाइएको र अवरुद्ध आई एम इआई दर्ता प्रणाली सुचारु भएपछि थप अचित समय प्रदान गरी दर्ता गर्ने व्यवस्था प्राधिकरणले गर्ने छ ।

दूरसञ्चार प्राधिकरणले नेपालमा मोबाइल सेट खरिद गर्दा नियमअनुसार आयात भएर प्राधिकरणमा दर्ता भएका मोबाइल सेट खरिद गर्न तथा अनिवार्य रुपमा भ्याट बिल लिएर खरिद गर्न सबैलाई अनुरोध गरेको छ ।

यस्तो छ प्राधिकरणले जारी गरेको आईएमइआई दर्ता गर्ने सम्बन्धि सुचना :

Tags :

प्रतिक्रिया दिनुहोस्