३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

काठमाडौं । आज आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ लाख कित्ता बोनस शेयर सूचिकुत भएको छ । नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्स को ३ लाख २० हजार ४ सय ८७ कित्ता शेयर सुचिकृत भएको हो ।
कम्पनीको ३ प्रतिशतले हुन आउने ३ लाख २० हजार ४ सय ८७ कित्ता बोनस शेयर सुचिकृत भएको हो । जेठ २८ गते सम्पन्न २७ औँ वार्षिक साधारण सभाले ३ प्रतिशत बोनस शेयर वितरण गर्ने पस्ताव पारित गरेको थियो ।
साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सले जेठ १३ गतेदेखि बुकक्लोज गरेको थियो । जेठ १२ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले उक्त बोनस प्राप्त गर्न सक्नेछन ।
