अर्थ समितिले राष्ट्र बैंकको हात खुट्टा बाध्नु हुँदैन : पुर्व अर्थमन्त्री पुन

काठमाडौं । पुर्व अर्थमन्त्रीसमेत रहेका माओवादी नेताम वर्षमान पुनले राष्ट्र बैंक स्वायत्त निकाए भएकाले उसलाई स्वात्त अधिकार दिनुपर्नेमा जोड दिएका छन ।
शुक्रबार व्यवस्थापिका संसदको अर्थ समितिमा पुर्व अर्थमन्त्री तथा पुर्व उर्जामन्त्री पुनले राष्ट्र बैंकलाई नै नियन्त्रण गर्न नहुने बताएका छन । उनले संसदको अर्थ समितिले साना–साना विषयमा राष्ट्र बैंककलाई निर्देशन दिन नहुने बताएका छन । पूर्व अर्थमन्त्री पुनले वित्तीय प्रणालीका साना विषयमा पनि अर्थसमितिले चासो राख्नु र निर्देशन दिने परिपाटी हुटाउनुपर्छ । अर्थ समितिको बैठकमा पुनले राष्ट्र बैंकको हातखुट्टा बाध्ने काम गर्न नहुने प्रष्ट्याए ।
पुनले मौद्रिक नितीमा ढिलाइ गर्न नहुने धारणा राखेका छन । मौद्रिक निती विषेस कारणले रोकिएको भन्दै पुनले स–साना विषयमा अर्थ समितिले राष्ट्र बैंककलाई निर्देशन दिन नमिल्ने बताए ।