साताको अन्तिम दिन नेप्से १६ अंकले बढ्यो, परिसुचक हालसम्मकै उच्च

काठमाडौं । साताको अन्तिमे शेयर बजार आज १६ अंकले बढेको छ । हिजो स्थिर रहेको शेयर बजार १६.४१ अंकले बढेको हो । आज नेप्से परीसुचकले पनि नयाँ रेकर्ड कायम गरेको छ । बजार १६ अंकले बढेर नेप्से परिसुचक आज ३१७९.०० अंकमा पुगेर बन्द भएको छ । यो हालसम्मकै उच्च अंक हो ।
आज सबैभन्दा बढि विकास बैंकका लगानिकर्ताले कमाएका छन भने व्यापार समुहका लगानिकर्ताले सबैभन्दा बढि गुमाएका छन । आज विकास बैंक समुह ३४४.४१ अंकले बढेको छ भने व्यापार समुह ५९.१७ अंकले घटेको हो ।
दिनभर २ सय २५ कम्पनिको ३६ करोड ६० लाख ८ हजार ४ सय ६१ कित्ता शेयर १ लाख ५४ हजार ६ सय ६० पटक किनबेच हुदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार १ सय १५ रुपैयाँँको कारोबार भएको छ ।

