सरकारले असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याउने « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

सरकारले असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याउने



काठमाडौं । सरकारले असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याउने भएको छ । दशै र तिहारलाई लक्षित गरि सरकारले प्रत्येक बर्ष सहुलियत पसल सञ्चालन गर्दै आएको छ । सोही अनुसार यस बर्ष पनि सरकारले चाडबाडलाई लक्ष्य गरी असोज १ देखि सहुलियत पसल सञ्चालन गर्ने भएको हो ।

वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईको संयोजकत्वमा मंगलबार बसेको केन्द्रीय अनुगमन समिति बैठकले यस्तो निर्णय गरेको हो । वाणिज्य सचिवको संयोजकत्वमा गृह, कृषि, भूमि मन्त्रालय, वाणिज्य विभाग, गुणस्तर तथा नापतौल, खाद्य प्रविधि, खाद्य कम्पनी, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थानका अधिकारीहरू सहभागी बैठकले असोज १ देखि सहुलियत पसल सुरु गर्ने निर्णय गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईंले जवानकारी दिए । उनका अनुसार संस्थानहरूले बजेटअनुसार खाद्यमा छुट दिने र अनुगमनकारी निकायले बजार अनुगमन प्रभावकारी बनााउने निर्णय भएको छ ।

सहुलियत पसलमा साल्ट ट्रेडिङले नुन, चिनी, गेडागुडीलगायत बिक्री गर्ने छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, दाल, गेडागुडी र खसी, बोका उपलब्ध गराउनेछ । दुग्ध विकास संस्थान (डीडीसी) ले दुग्ध पदार्थ सहुलियत दरमा उपलब्ध गराउने छ । उक्त सहुलियत पसल छठसम्म चल्ने छन् ।


प्रतिक्रिया दिनुहोस्