सुन एकैदिन तोलामा १४ सय र चाँदी ३० रुपैयाँले घट्यो « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

सुन एकैदिन तोलामा १४ सय र चाँदी ३० रुपैयाँले घट्यो



काठमाडौ । आज शुक्रबार सुन तोलामा एकैदिन १४ सय रुपैयाँले घटेको छ । असोज महिना लागेसंगै आज सुन तोलामा १४ सय र ३ दिनदेखि स्थिर रहेको चाँदी ३० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन प्रतितोला ८९ हजार १ सय र तेजावि सुन प्रतितोला ८८ हजार ६ सय ५० रुपैयाँमा र चाँदी १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बिहीबार तोलामा ७०० रुपैयाँले घटेर छापावाल सुन ९० हजार ५०० रुपैयाँ र तेजावी सुन ९० हजार र चाँदी १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्