सिभिल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । सिभिल लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयर धनीलाई २० प्रतिशत लाभांश गरेको हो ।
हिजो बुधवार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
प्रस्तावित २० प्रतिशत लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयर धनीले पाउने छन् ।लघुवित्तको चुक्ता पुँजी २४ करोड २१ लाख २१ हजार ३७९ रुपैयाँ ५० पैसा रहेको छ ।
