डन्डीको मूल्य ४ रुपैयाँ घटाएर विक्री गर्न फलामे छड उत्पादक संघको निर्देशन « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

डन्डीको मूल्य ४ रुपैयाँ घटाएर विक्री गर्न फलामे छड उत्पादक संघको निर्देशन



काठमाडौं । डन्डीको मुल्य किलोमा ४ रुपैयाँ घटाउन नेपाल फलामे छड उत्पादक संघले निर्देशन दिएको छ । संघले एक विज्ञप्ति जारी गदै शनिबारबाटै लागू हुने गरी डन्डीमा प्रतिकिलो चार रुपैयाँ घटाएर बेच्न उद्योगीलाई अनुरोध गरेको छ ।

स्पञ्ज आइरनमा भंसार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तशुल्क नलाग्ने भएपछि संघले ४ रुपैयाँ घटाएर बेच्न उद्योगीलाई निर्देशन गरेको हो ।

‘बजेट पछिका तीन हप्तामा अन्तर्राष्ट्रिय बजारमा फलामे छडको कच्चापदार्थ विलेट तथा विलेटको कच्चापदार्थ स्पञ्ज आइरनमा १२ प्रतिशत भन्दा बढीले मूल्यवृद्धि भएको छ । सोबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा नेपाल सरकारको बजेटका कारण घट्न गएको लागत मूल्य प्रतिकेजी चार रूपैयाँ घटाई फलामे छड बिक्री वितरण गर्नुहुन सम्पूर्ण उद्योगीहरुलाई अनुरोध गर्दछौं,’ संघद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यसैगरी फलामको कच्चा पदार्थ बिलेट तथा बिलेटको कच्चा पदार्थका रूपमा प्रयोग हुने स्पन्ज आइरनमा अन्तर्राष्ट्रिय बजारमा मूल्य १२ प्रतिशतसम्म बढ्दा पनि अन्तःशुल्क छुट पाएका कारण डन्डीमा मूल्य घटेको संघको विज्ञप्ती भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्