मंसिर महिना लागेपछि २ हजार रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौ । मंसिर महिना लागेपछि नेपाली बजारमा सुन २ हजार रुपैयाँले ओरालो लागेको छ । कात्तिक ३० गते मंगलबार ९४ हजार ८ सयमा कारोबार भएको सुन मंसिर १ गते ५ सयले घटेर प्रतितोला ९४ हजार ३ सयमा कारोबार भएको थियो । मंसिर २ गते बिहिबार भने सुन २ सयले बढेर ९४ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यसैगरि ३ गते शुक्रबार १ सयले बढेर प्रतितोला ९४ हजार ४ सयउमा कारोबार भएको थियो । गत आइतबार सुन एकैदिन ११ सयले घटेर प्रतितोला ९३ हजार ७ सयमा कारोबार भएको थियो । भने हिजो सोमबार २ सय रुपैयाँले उकालो लागेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज एकैदिन १६ सय रुपैयाँले घटेर तोलाको ९३ हजार ३ सयमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ३ सय र तेजावि सुन ९१ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी २५ रुपैयाँले घट्यो
त्यसैगरी चाँदी २५ रुपैयाँले ओरालो लागेको छ । मंसिर १ गते १० रुपैयाँले घटेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी २ स्थिर रहदै १ हजार २ सय ८० रुपैयाँमै कारोबार भएको थियो भने शुक्रबार ५ रुपैयाँले ओरालो लागेको सनु प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी गत आइतबार एकैदिन १५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी हिजो १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज एकैदिन १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको छ । मंसिर लागेपछि चाँदी २५ रुपैयाँले घटेको हो ।
