३५ पसलमा अनुगमन गर्दा २७ लाई कारबाही, एक सातामा उठ्यो ३ लाख जरिवाना ! « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

३५ पसलमा अनुगमन गर्दा २७ लाई कारबाही, एक सातामा उठ्यो ३ लाख जरिवाना !



काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ दिनमा काठमाडौं र ललितपुरका विभिन्न व्यवसायीलाई २ लाख ९५ हजार जरिवाना गरेको छ । विभागले ३५ वटा फर्म अनुगमन गर्दा २७ वटा फर्मबाट २ लाख ९५ हजार जरिवाना गराएको हो ।

त्यसमध्ये ३ वटा फर्मको ४ हजार २४० रुपैयाँको खाद्यवस्तु खान अयोग्य वा म्याद सकिएकोले तत्कालै नष्ट गर्न लगाएको छ । ३ वटा व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजात सहित ३ दिन भित्र विभागमा सम्पर्क गर्न निर्देशन दिइएको छ ।

व्यवसायीहरूले सरकारले तोकेको ऐन विपरित व्यापार गरेको, तोकेको मूल्यभन्दा बढी मूल्यमा वस्तु बिक्री गरेको र म्याद सकिएको खाद्यवस्तु बिक्रीलगायत अन्य विभिन्न कार्यमा संलग्नबाट उक्त जरिवाना गरिएको विभागले जनाएको छ ।

विभागले दैनिक बजार अनुगमन गर्ने गर्दछ । अनुगमन गर्दा व्यवसायीहरूले नियम विपरित कार्य गरेमा सिधै कारवाहीको दायरामा ल्याएको विभागको भनाइ छ । विभागले दैनिक रुपमा बजार अनुगमन गर्दा ६-७ वटा व्यवसायीलाई कारवाहीको दायरामा ल्याई जरिवाना गरेको विभागले जनाएको छ ।

विभागका अनुसार सेवाग्राही, विभिन्न निकायका कर्मचारी र विभागको प्रक्रियामा आएको गुनासोलाई पहिलो प्राथमिकताको आधारमा अनुगमन गर्दै आएको छ । साथै, गुनासो नभएता पनि दैनिक रुपमा बजार अनुगमन गर्ने गरेको विभागले जनाएको छ ।

पोतेपसलदेखि रुद्राक्ष भण्डारसम्म कारबाहीमा

विभागले मंसिर १ गतेबाट अनुगमन शुरू गरेको थियो । त्यसै दिन विभागले ९ वटा स्टोर तथा पसलमा अनुगमन गरेको थियो । जसमा विभागले ऐन विपरित व्यापार गर्दै आएको व्यवसायीलाई ५ हजारदेखि १० हजारसम्म जरिवाना गरेको छ ।

विभागका अनुसार काठमाडौंको मनकामना लाईट सेन्टर, कोलोनी प्रोडक्सन एण्ड सप्लायर्स, अयुब बक्सको पोते पसल, खनाल कम्युनिकेशन र सट्स लिक्वयरलाई ५–५ हजार रुपैयाँ जरिवाना गरिएको छ । राहिल होम एण्ड किचेन सप्लाएन्सेजलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।

मंसिर २ गतेको अनुगमनमा क्रममा ६ व्यवसायीलाई कुल ३५ हजार रुपैयाँ जरिवाना गरीएको विभागले जानकारी दिएको छ । जसमा शप ए होलिग सिटी, लक्ष्मीनारायण रुद्राक्ष भण्डार, युनिक कोल्ड स्टोर, ग.स.स्टोर र रस्मी फेन्सी पसललाई ५-५ हजार रुपैयाँ जरिवाना गरिएको छ । विभागका अनुसार द वान ट्ेडर्सलाई भने १० हजार रुपैयाँ जरिवाना गरेको छ ।

त्यसैगरी मंसिर ३ गते १० वटा फर्म अनुगमन गर्दा ९ वटा व्यवसायीलाई ६० हजार जरिवाना गरेको छ । जसमा श्रीया स्विट्स सेन्टर, एस एण्ड एस ट्ेडर्स, प्रभु किराना तथा खाद्य स्टोर, माँ हारती किराना पसललाई ५-५ हजार रुपैयाँ जरिवाना गरेको छ । पि आर इन्टरप्राइजेज, गुर्गन रुद्राक्ष भण्डार फर्म र ओम श्री पशुपती किराना स्टोरले १०÷१० हजार जरिवाना गरेको विभागको तथ्याङ्कमा उल्लेख गरेको छ ।

मंसिर ५ गते विभागले ३५ हजार रुपैयाँ जरिवाना गरेको छ भने ६ गते १ लाख ३० हजार जरिवाना गरेको तथ्याङ्कमा उल्लेख छ । विभागले गएको एक हप्ताको अवधिमा अनुगमनबाट करिब ४ हजार बढी रुपैयाँ बराबरको खाद्य वस्तु नष्ट गरेको छ । विभागले अनुगमनको क्रममा म्याद सकिएको र अयोग्य भएको ४ हजार २ सय ४० रुपैयाँ बराबरको खाद्य वस्तु नष्ट गरिएको विभागले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्