सुनको भाउ २ सयले बढ्यो, चाँदी घट्यो

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । यस दिन सुन तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९२ हजार १ सय र तेजावि सुन ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन चाँदी भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुन प्रतितोला ९१ हजार ९ सय र चाँदी प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
