शेयर लगानीकर्ताको माग पुरा गर्न सकारात्मक देखिए अर्थमन्त्री

काठमाडौं । शेयर बत्रजारका लगानिकर्ताले विभिन्न मागसहित अर्थमन्त्रीसंग भेटवार्ता गरेका छन् । आज शेयर बजारको लगानिकर्ताको सबै संघसंस्थाको कार्यदल पूँजी बजार सुदृढीकरण बृहत कार्यदलका पदधिकारीह्रुले अर्थमन्त्री जनार्दन शर्मासंग भेटवार्ता गरेका छन् ।
कार्यदलका संयोजक अम्बीका प्रसाद पौडेलले एक सूचना जारी गदै पूँजी बजारको वर्तमान अवस्था, सेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्ती, ५८ बुँदेका बाँकी कामहरु र तत्काल गर्नु पर्ने सुधारका कार्यहरुको बारेमा सकारात्मक छलफल भएको जानकारी दिएका छन् ।
‘अर्थमन्त्रीले आफु पूँजीबजारको दिगो विकास र बिस्तारको लागि लागिरहेको र कार्यदलले उठाएका मागहरु धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिसँगै पुरा गरिने विश्वास दिलाउनु भयो’ उक्त सूचनामा लेखिएको छ ।
