देउवा सरकारले बढायाे पेट्रोलकाे मूल्य, प्रतिलिटर ५ रुपैयाँ बढेेर १५० पुग्यो

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागू हुने गरेर नयाँ मूल्य तोकेको हो । निगमका अनुसार डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ ।
खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको हो । डिजल र मटितेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर तोकिएको छ ।
आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६६५.३४ रुपैयाँ घाटा भइरहे पनि नबढाउने निर्णय लिएको छ । हवाई इन्धनको मूल्य पनि समायोजन भएको छ ।
