सुन तोलामा ४ सय रुपैयाँले घट्यो « Arthapath.com
११ बैशाख २०७९, आईतवार

सुन तोलामा ४ सय रुपैयाँले घट्यो



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम गरिएको हो ।

त्यस्तै, शुक्रबार प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार पनि स्थिर रहदैं सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्