सुन तोलामा १ हजार रुपैयाँले घट्यो, प्रतितोला कति ? « Arthapath.com
१५ बैशाख २०७९, बिहीबार

सुन तोलामा १ हजार रुपैयाँले घट्यो, प्रतितोला कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहिबार सुन तोलामा १ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन प्रतितोला ९९ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, बुधबार प्रतितोलामा १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्