सुन तोलामा १ हजार ४ सय रुपैयाँले वृद्धि, प्रतितोला कति ? « Arthapath.com
२२ बैशाख २०७९, बिहीबार

सुन तोलामा १ हजार ४ सय रुपैयाँले वृद्धि, प्रतितोला कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो कारोबारको दिन स्थिर रहेको सुन आज भने तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, बुधबार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्