सुन तोलामा ६ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ? « Arthapath.com
२३ बैशाख २०७९, शुक्रबार

सुन तोलामा ६ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, बिहिबार प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार भने तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्