सुन तोलाका ६ सय रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ? « Arthapath.com
२५ बैशाख २०७९, आईतवार

सुन तोलाका ६ सय रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, शुक्रबार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्