सुन तोलामा ५ सय रुपैयाँले वृद्धि, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबारको दिन छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, बुधबार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार पनि स्थिर रहदैं सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।