सुन तोलामा एकैदिन १ हजार ५ सय रुपैयाँले वृद्धि, प्रतितोला कति ? « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

सुन तोलामा एकैदिन १ हजार ५ सय रुपैयाँले वृद्धि, प्रतितोला कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज एकैदिन तोलामा १ हजार ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम गरेको थियो ।

त्यस्तै, शुक्रबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्