सोमबार यस्तो छ सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, आइतबार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।