असार महिनाको पहिलो दिन सुन तोलामा ६ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौं । असार महिनाको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो तोलामा १ हजार ८ सय रुपैयाँले घटेको सुन आज भने तोलामा ६ सय रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्तितोला ९६ हजार ६ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, मंगलबार प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार पनि स्थिर रहदैं सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।