सुन तोलामा ३ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजार आज सुनको मूल्य घटेको छ । साताको पहिलो दिन सुन तोलामा ३ सय रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबारको दिन छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, शुक्रबार प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।