सुन तोलामा २ सय रुपैयाँले बढ्यो, प्रतितोला कति ? « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

सुन तोलामा २ सय रुपैयाँले बढ्यो, प्रतितोला कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्