सुन तोलामा ३ सय रुपैयाँले घट्यो, प्रतितोला कति ? « Arthapath.com
१७ असार २०७९, शुक्रबार

सुन तोलामा ३ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेकोा छ । सुन तोलामा ३ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै, बिहिबार प्रतितोला १ हजार २३५ रुपैयाँका कारोबार भइरहेको चाँदी शुक्रबार भने तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्