आइतबार यस्तो छ सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा ३ सय रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, शुक्रबार प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।